Tuesday, April 21News That Matters

गाईघाटमा ख्याति प्राप्त कलकारहरुको साथमा मुन्दुमी सांस्कृतिक साँझ हुँदै

पूर्णपुष्टि, १७ पुष ।
गाईघाटमा यहि पुष २८ गते मुन्दुमी सांस्कृतिक साँझ हुने भएको छ । यलदोङ २०८५ को अवसरमा गाईघाट स्थित होटल द एम्पायर इन मा भव्य सांस्कृतिक साँझ हुने भएको हो । आयोजक किरात राई संस्कृतिक कलाकार संघ उदयपुरका अनुसार सांस्कृतिक कोष स्थापनार्थका लागि मुन्दुमी साँझ हुने भएको छ । सांस्कृतिक साँझमा नेपालका चर्चित राई कलकारहरुको सहभागी हुने छ । बरिष्ठ गायक जितेन राई, गायिका पार्वती राई, शालिक शातासक राई, भिषण मुकारुङ राई, राजु एन राई, राई नविन, शुसिला राई, मेनुका राई, पदम थुलुङ राई, सुरज मेहावाङ राई, मुकेश राई, डिवि राई, सुशेनिछो चाम्लीङ राई, निश्चल राई, जेनि खालिङ राई र अनुका राईले प्रस्तुती दिने छ ।