
पूर्णपुष्टि, असोज २५
गाईघाटमा मंगलबार बिहान एक महिलाले झुण्डिएर आत्माहत्या गरेकी छिन्र । उदयपुरको बेलका नगरपालिका १ घर भएकी २९ बर्षिया मनिषा चौधरीले बिहानको ३ बजे राति सलमा पासो लागि आत्माहत्या गरेकी हुन् । त्रिनपा ११ गाईघाट टेम्पुचोक स्थित दिपक सोनीको घरमा मोवाईल पसल गरी भाडामा बस्ने जय प्रकाश चौधरीकी श्रीमतीले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । माईती पक्षका अनुसार उनिहरु बिच सँधै झगडा हुने र त्यो समय पनि झगडा भएको जनाएको छ । उनिहरुको डिबोर्स नै हुने पनि कुरा चलेको माईती पक्षहरु बताउँछन् । यसरी दिन रातको झगडाकै कारण घटना संकास्पद रहेको माईतीहरुले दावी गरेका छन् । महिला गर्भवती समते रहेको उनिहरुले जनाए ।
