
पूर्णपुष्टि, असोज २५
बोक्से स्थित एक किराना पसलमा गएराती आगलागी भएको छ । त्रियुगा नगरपालिका १० मा रहेको होलसेल किराना पसलमा गएराती ११ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगलागीले सोही किराना पसल धनीको मोटरसाईकल समेत जलेको छ भने २ सटरमा रहेको किराना पसलमा ठुलो क्षती पुराएको छ । आगलागी बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ भने केकती क्षती भयो भन्ने बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

