
पूर्णपुष्टि, भदौ १६
गाईघाटमा सडक आसापास राखिएका फुटपाथ तथा अबैध संरचनाहरु धमाधम हटाउन थालिएको छ । बिहिबारबाट सडक पेटीमा रहेका त्यस्ता संरचना र पसलहरुलाई हटाउन थालिएको हो । त्रियुगा उद्योग वाणिज्य संघ र त्रियुगा नगरपालिकाको संयुक्त प्रयासमा सामान हटाउन थालिएको हो । संघका अध्यक्ष रमेश रसाईलीका अनुसार बजार सफा र दुर्घटना न्युनिकरण गर्नलाई सडक आसपास खाली गर्ने काम गरिएको जनाउनुभयो ।

सडक र सडक पेटीका लागि बनाईएको ठाउँमा फुटपाथ पसल, पार्किङ, भिँडबाँड र बिभिन्न संरचनाहरुले शहर अस्तव्यस्त रहेको रसाईलीको भनाई छ । यसरी सबैलाई कुनै ठाउँमा व्यवस्था गर्ने हो भने सफा र खुल्ला सहर बन्ने रसाईलीले बताउनुभयो । त्रियुगा नगरपालिकाको उपमेयर महेश्वरी राई सहित कर्मचारी, उद्योग वाणिज्य संघ, सुरक्षाकर्मीहरुको सहभागीमा फुटपाथ व्यवस्थीत तथा पेटी खुल्ला कार्य गरिएको छ । सडक आसपासका फुटपाथलाई तथा फलफुल पसललाई बजार साइड ठाउँ बनाएर संञ्चालन गर्ने कार्य गरिएको नगर उपप्रमुख महेश्वरी राईले बताउनुभयो । यसो गरेमा सबैलाई फाईदा र सहज हुनुका साथै सडक खाली अनि बजार सफा र व्यवस्थीत बन्ने बताउनुभयो । आज ३ बजे सम्म सबै सडक पेटीका संरचना र पसलहरु हटाउनु पर्ने यदि नहटाएको खण्डमा भने नगरपालिका आफैले हटाई १५ हजार सम्म जरिवाना गर्ने उपप्रमुख राईले बताउनुभयो ।

