Sunday, June 14News That Matters

पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

पूर्णपुष्टि, भदौ १६
सुनसरीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको धरान उप–महानगरपालिका–६ का २३ बर्षीय इशान बहादुर कार्की रहेका छन् ।हिजो दिउँसो साढे ३ बजे मोरङको केराबारी गाउँपालिका–६ स्थित हुरहरे खोलामा पौडी खेल्ने क्रममा डुवेको अबस्थामा साथीहरुले फेला पारी उपचारको लागि आफन्तले धरान घोपा लगेकोमा अस्पताल पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेको हो । उक्त घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।