
पूर्णपुष्टि,असार ८ । उदयपुरको गाईघाटमा ४ दिने फुटबल प्रशिक्षक प्रशिक्षण सम्बन्धी तालिम आज सम्पन्न भएको छ । स्थानीय खेलकुदलाई प्रोत्साहन र प्रवद्र्धन गर्नै लक्ष्यका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) संगको सहकार्य र जिल्ला फुटबल संघ उदयपुरको आयोजनामा तालिम सम्प्न्न भएको हो ।

सदरमुकाम गाईघाट बजारस्थित एवान होटलको सभाहलमा मंलवार देखि सुरु भएको फुटबल प्रशिक्षक प्रशिक्षण सम्बन्धि तालिममा मधेस प्रदेश, कोशी प्रदेश र बागमती प्रदेश गरी ३५ पुरुष प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले खेलकुद क्षेत्रले युवा पुस्ताका खेलाडि साथै गाउँ समुदायमा सकारात्मक सन्देश प्रवाह गराउने माध्यम रहेको बताए । उनले अनुसासीत र मर्यादीत खेलाडि भएर आफुलाई स्थापित गर्न सके व्यवसायीक खेलाडीको रुपमा आफु प्रतियोगिताहरुमा सहभागि हुन सकिने बताए ।

समापन कार्यक्रममा फुटबल खेलका लागि आधारभूत देखि एड्भास तहसम्मका लागि सीपबारे एन्फाका हेड अफ कोच एजुकेसन संजित सिंह र श्याम मानान्धरले प्रशिक्षण गरेका थिए । उदयपपुर जिल्ला पहिलो पल्ट प्रशिक्षण सम्बन्धि तालिमको अयोजना उपलव्धी मुलक रहेको भन्दै सहभागी प्रशिक्षार्थीहरुले प्रशिक्षक तथा आयोजक कमिटिलाई धन्यवाद स्वरुप मायाँको चिनो प्रदान गरेको थियो ।

समापन समारोह कार्यक्रममा जिल्ला फुटबल संघ उदयपुरका अध्यक्ष रञ्जन कार्की, नगर खेल्कुद विकास समितिका सचिव किरण कार्की,प्रशिक्षक संघका केन्द्रिय सचिव दिपक थापा र जिल्ला फुटबल संघ उदयपुरका सदस्यहरु क्रमस राजेन्द्र राई,उदय राई, मदन भुजेल, रोशन पोखरेल र दिलिप चौधरीको उपस्थिति रहेको थियो ।


