
पूर्णपुष्टि, असार ८ । झापामा बसको ठक्करबाट एक बालकको मृत्इु भएको छ । कमल गाउँपालिका–३ स्थित भित्रि सडक खण्डमा यात्रु बाहक बसले ठक्करदिँदा स्थानिय कमल थापाको ५ बर्षीय छोरा जनम घाईते भएका थिए ।
घाईते बालकलाई तत्काल उपचारको लागी आम्दा अस्पताल दमक लगिएकोमा चेकजाँचको क्रममा चिकित्सकले मृत घोषणा गरेको हो । ठक्कर दिने बस र चालक कमल गाउँपालिका–२ का शम्भु साहलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
