
पूर्णपुष्टि, असार ८ । सुनसरीमा दुर्लभ यार्सागुम्बा सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–३ कि ४२ बर्षीया छजुङ्ग भोटे र अटोटेम्पो चालक धरान–१९ का ४३ बर्षीय पुष्पराज राई रहेका छन् ।
उनिहरुलाई यार्सागुम्बा सहित इटहरी उपमहानगरपालिका–२० तरहरा स्थितबाट प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । हिजो बेलुका साढे ३ बजे प्रहरी चौकी तरहराबाट चेकिङमा खटिएको प्रहरी टोलीले धरानबाट इटहरी तर्फ आउदै गरेको को.२ह १०७ नम्बरको अटोटेम्पो रोकी चेकजाँच गर्ने क्रममा कार्टुनमा प्याक गरेको ८ किलो २५० ग्राम यार्सागुम्वा बरामद गरेको हो ।
यार्सागुम्बा बरामद भए संगै ओसार पसारमा संलग्न रहेकि भोटे र चालक राईलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेको उनिहरुलार्य आवश्यक कारवाहीको लागि सवडिभिजन वन कार्यालय तरहरा, सुनसरीमा बुझाएको र अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
