Wednesday, June 3News That Matters

गाईघाटमा बल्ल तल्ल तेल आयो तर लाउनै समस्या

पूर्णपुष्टि, चैत्र २१
गाईघाटको पुरानो पेट्रोल पम्पले तेल वितरण गर्न लागेको छ । बिभिन्न आर्थिक संकट तथा व्यवसायीहरुको आन्दोलनले तेलको हाहाकार र संकट परेको अवस्थामा करिब ५ दिन पछि पम्पले तेल दिन लागेको हो । केही समयदेखी तेल संकटका कारण गाईघाटमा पनि हाहाकार नै मचिएको थियो । तेल नहुँदा सवारी साधनहरुको चाप समेत पूर्ण रुपले घटेको अवस्था थियो ।

लामो समयदेखी तेल संकटले सवारीहरु थन्किएर बसिरहेको अवस्थामा तेल पाउने भएपछि पम्पमा थामिनसक्नुको भिँडले तेल लाउनै समस्या परेको छ । तेल अभावले सवारीहरुमा आवत जावत गर्ने यात्रु तथा कर्मचारी, व्यवसायी लगायत बिभिन्न क्षेत्रहरुमा ठुलो असर पारेका थिए ।

गाईघाटको पुरानो पेट्रोल पम्मा तेलका लागि ठुलो घुँईचो लागेको छ । भिँडले अस्तव्यस्त रहेको अवस्थामा तेल लगाउनै समस्या परेको छ । त्यहाँ नेपाल प्रहरी तथा ट्राफिक प्रहरीहरु सहितको व्यवस्थामा तेल वितरण गर्ने जनाईएको छ । लामो समयदेखी तेल बिहिन सवारीहरु अत्यादिक भएका कारण तेल लाउन चुनौती देखिएको छ । सवारी साधनको चाँप सँगै पम्प सम्म आउन नसकेको सवारीहरुका लागि गिलेन र बोतलमा तेल लिन आउनेको लाईन पनि उत्तिकै छ ।