
पूर्णपुष्टि, चैत्र २०
त्रियुगा नगरपालिकाको १६ नं वडामा पनि ऐलानी जग्गा नापी सुरु भएको छ । अव्यवस्थित वसोवासलाई व्यवस्थित बनाउने उदेश्यले नगरको १६ ओटै वडाहरुमा जग्गा नापी तथा लागत संकलन गर्ने अभियान अन्तर्गत १६ नं वडामा पनि नापी सुरु भएको हो ।
आईतबार वडाको साहिखोला स्थित गैरी टोल विद्यालयमा जग्गा नापी कार्यक्रमको उद्घाटन नगर प्रमुख वलदेव चौधरीले गरे । त्रियुगा नगरपालिकाको बिभिन्न वडाहरुमा यसको काम सुरु भैसकेको र आईतबार बाट १६ नं वडामा पनि नापी सुरु भएको वडाअध्यक्ष मान वहादुर राईले जनाए ।

राईले १६ नं वडामा विवाद रहित नापी कार्य तथा लागत संकलनमा सबैलाई सकरात्मक सहभागीका लागि पनि अनुरोध गरे । उनले धेरै आयोगहरुले लालपुर्जाका लागि जनताहरुलाई पटकपटक झुक्याई रहेको अवस्थामा अव स्थानीय सरकारले भने जनताहरुलाई लालपुर्जा प्रत्यक्ष रुपमा बाँडेरै छाड्ने गरी काम सुरु गरेको जनाए । त्रियुगा नगरपालिकाले जनताहरुलाई लालपुर्जा वितरण गरेर इतिहाँसमै नयाँ कृति रच्ने काम समेत यस नापी कार्यक्रमले गर्ने अध्यक्ष राईले जनाए ।

यस्तै गरी मेयर चौधरीले नापीको काम तत्कालै सकेर फिल्डमै जग्गाको लालपुर्जा जनताहरुलाई वितरण गर्न निकै हतारो भएको जनाए । हाल नेपालको कुनै पनि स्थानीय तहले यसको निति बनाएर अगाडी बढ्न नसकेको अवस्थामा त्रियुगा नगरले भने यसलाई महत्वपूर्ण एजेन्डाकै रुपमा लिएर काम अगाडी बढेको जनाए ।
मेयर चौधरीले धेरै नगरवासीहरु अव्यवस्थीत बसोवास गर्दै आईरहेको अवस्थामा यसलाई व्यवस्थित गराउन चुनावी घोषणा पत्रमै उल्लेख भएको र त्यसलाई पुरा गर्न त्रियुगा नगर लागि परेको जनाए । उनले १६ नं वडा सँगै १० र ११ मा पनि यसको काम सुरु गरिएको जनाए । उनले यसरी अव्यवस्थित वसोवासले त्रियुगा नगरको आन्तरिक स्रोतमा समेत असर पारेको जनाए । यता जनताहरुलाई पनि आर्थिक क्षेत्रमा यसले प्रत्यक्ष असर पारेको जनाए । जग्गाको लालपुर्जा भएमा ऋण निकालेर व्यापार व्यवसाय गर्दै आर्थिक क्षेत्रमा छलाङ मार्न सकिने भएकाले पनि नगरवासीहरुलाई लालपुर्जा हातहातमा दिन आफुहरु निकै हतारोमा रहेको जनाए ।

त्रियुगा नगरपालिका ऐलानी जग्गा व्यवास्थापनका अधिकृत भुवन श्रेष्ठले फर्म भराउने कार्य सँगै नापीको काम तत्कालै सुरु गर्ने जनाएको छ । अन्य वडाहरुमा झै यहाँ पनि पहिले लागत संकलन तथा फर्म भर्ने काममलाई तिव्र बनाईएको र तत्काल नापी सुरु गर्ने श्रेष्ठले जनाए । नापीको काम १६ नं वडाको बिभिन्न टोल तथा वस्तीहरुमा हुने उनले जनाए ।
२५ बर्ष पुरानो अव्यवस्थीत वसोवास रेहेको उक्त वडामा नापी आएपछि वडावासीहरुमा खुसी छाएको छ । धेरै पटक आयोगहरुले लागत र फर्म मात्र भराउने काम गरेर लालपुर्जा दिन नसकेको अवस्थामा स्थानीय सरकार बाट भने त्यस्तो खालको धोका नहुने वडावासीहरुले विश्वास लिएको छ । भुमिहिन सुकुम्वासी, भुमिहिन दलित र अव्यवस्थीत बसोवासीहरुलाई बिषेश ध्यानमा राखेर लागत संकलन तथा नापी कार्य सुभारम्भ भएको वडाअध्यक्ष राईले जनाए ।


