
पूर्णपुष्टि, चैत २० गते ।
पाँच वर्ष अगाडी भएको स्थानिय तहको निर्वाचनको बेला भन्दा आगामी बैशाख ३० गते हुने निर्वाचनमा मतदाता संख्या बढेका छन् । सबै भन्दा बढी पोखरा महानगरमा मतदाता थपिएका हुन् ।
आगामी निर्वाचनका सन्दर्भमा देशमा ६ महानगरपालिका र ११ पमहानगरपालिकामा मतदाता संस्था बढेको छ ।
बितेको ५ वर्षमा सबै भन्दाबढी पोखर महागरपालिकामा ३९ हजार ६ सय ४३ मतदाता, विराटनगर महानगरपालिकामा १९ हजार ३ सय ८१ मतदाता, काठमाडौँ महानगरपालिकामा २० हजार ९ सय ३३ मतदाता, ललितपुर महानगरपालिकामा ९ हजार ९ सय ६८ मतदाता, भरतपुर महानगरपालिकामा ३५ हजार ४७८ मतदाता र वीरगन्ज महानगरपालिकामा १६ हजार १४६ मतदाता बढेका छन् ।
यस्तै, देशका ११ उपमहानगरहरू अन्तर्गत इटहरी उपमहानगर पालिकामा २६ हजार ९२९ मतदाता, धरान उपमहानगर पालिकामा २१ हजार ३४ मतदाता, जीतपुर सिमरा उपमहानगरपालिमा १३ हजार ४०४ मतदाता, जनकपुर उपमहानगर पालिकामा ११ हजार १७५ मतदाता, कलैया उपमहानगर पालिकामा १३ हजार ८६६ मतदाता, हेटौँडा उपमहानगर पालिकामा २० हजार ८३४ मतदाता, बुटवल उपमहानगर पालिकामा २३ हजार ४०२ मतदाता, घोराही उपमहानगर पालिकामा ३४ हजार ५०० मतदाता, तुलसीपुर उपमहानगर पालिका ३० हजार ७८४ मतदाता, नेपालगञ्ज उपमहानगर पालिका १९ हजार ३९७ मतदाता र धनगढी उपमहानगर पालिकामा १६ हजार ७२१ मतदाता थपिएका हुन् ।
