Thursday, August 6News That Matters

गाईघाटमा भोली हुने मिस्टर उदयपुर शारिरीक सुगठन च्याम्पियन प्रतियोगिताको तयारी सम्पन्न

पूर्णपुष्टि, फागुन १३
गाईघाटमा भोली हुने जिल्ला स्तरीय शारिरीक सुगठन च्याम्पियनसिप प्रतियोगिताको भव्य तयारी पुरा भएको छ । उक्त खेल शनिवार गाईघाट स्थित टाउन हल एण्ड पार्टी प्यालेर्समा दिउँसो १ बजे बाट हुँदैछ । आयोजक टिमका सदस्य तथा इनर्जी फिटनेस क्लबका संञ्चालक मनोज कटुवालले खेलमा आवश्यक सबै तयारी सकिए सँगै भोली खेल भव्य हुने समेत जानकारी दिए ।

कटुवालले खेललाई उत्कृष्ट बनाउन सबै सामाग्री सहित आवश्यक कामहरु पुरा भएकोले भोलीको खेलमा सहभागी हुन सबैमा आग्रह समेत गरेको छ । खेलका लागि अन्तराष्ट्रिय तथा राष्ट्रिय खेलाडीहरु जर्जको रुपमा आईसकेको जनाएको छ ।

प्रतियोगितामा अन्तराष्ट्रिय जर्ज शिव मुखिया, राष्ट्रिय खेलाडी एवम् निर्णयक पूर्ण तामाङ, राष्ट्रिय निर्णायक शारदा दाहाल, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी राम दाहाल, शारिरीक सुगठन प्रदेश नं १ का अध्यक्ष केशव श्रेष्ठ सहित आवश्य व्यक्तिहरु सबै आईसकेको आयोजकले जनाए ।

भोली सामान्य औपचारिक कार्यक्रम सहित प्रतियोगितालाई मुख्य प्राथामिकता दिईने आयोजक समितिका अर्का सदस्य दिल कटुवालले जनाए । उक्त खेल उदयपुरमा पहिलो पटक ठुलो राशी पुरस्कार सहित आयोजना गरिएको छ । उदयपुरलाई खेल क्षेत्रको माध्यम बाट पनि पहिचान गराउने उदेश्यले मिस्टर उदयपुर शारिरीक सुगठन प्रतियोगिता गरेको आयोजकको भनाई छ ।

उदयपुरका खेलाडीहरुले मात्र भाग लिन पाउने यस प्रतियोगिताको प्रथमले रु ५१ हजार नगद ट्रफी, प्रमाण पत्र र मेडलको पाउने छ भने, दोस्रो पुरस्कार रु २५ हजार र तेस्रो पुरस्कार रु १५ हजार तथा ट्रफी, प्रमाण पत्र र मेडलको व्यवस्था रहेको आयोजकले जनाएको छ ।