Tuesday, June 2News That Matters

देउरीमा जारी दोस्रो वडाअध्यक्ष कपको फाइनल खेल भोली हुने, नमुना युवा क्लव र प्रकृति स्पोर्ट क्लव भिड्दै

पूर्णपुष्टि, फागुन १३
त्रियुगा नगरपालिका ५ देउरीमा जारी दोस्रो वडाअध्यक्ष कपको फाईनल खेल भोली (शनिवार) हुने भएको छ । शनिवारको फाईनल खेलमा आयोजक प्रकृति स्पोर्ट क्लव जलजले र कुमारी चोकले प्रतिस्पर्धा गर्ने छ ।

गत शनिवार बाट सुरु भएको उक्त खेलमा ८ ओटा टिमले सहभागी जनाएका थिए । प्रतियोगिताको तेस्रो खेलमा नमुना युथ क्लव कुमारी चोकले क्रेजी फुटबल क्लव श्रीपुरलाई २–० को गोलान्तरले पराजित गर्दै सेमीफाईनलको यात्रा तय गरेको थियो ।

यता आयोजक टिम प्रकृति युवा क्वल वालुवाटार र स्वर्णिम युवा क्ल्व जलजले बिच शुक्रबार भएको खेलमा स्वर्णिम युवा क्लव जलजलेलाई १–० को अन्तरले हराउँदै आयोजक टिमले फाईनलको यात्रा तय गरेको छ ।

आयोजक टिमको तर्फ बाट जर्सि नं १२ का दिप्सन राउतले गरेको गोलले नै आयोजकलाई फाईनलमा पुराएका थिए । आजको खेलमा म्यान अफ द म्याच भने विशाल चौधरी भएका छन् । भोलीको फाईनल खेल देउरी ५ बालुवाटारको खेल मैदानमा हुने खेलका संयोजक अमित भगतले जानकारी गराए । भगतले भोलीको फाईनल खेलमा सम्पूर्ण खेल प्रेमि तथा अतिथिहरुलाई खेलमा सहभागी हुन समेत अनुरोध गरेको छ । आयोजका अनुसार खेल भोली अपरान्ह २ बजे बाट हुने जनाईएको छ ।