
पूर्णपुष्टि,वैशाख १९ । गाईघाटमा मेलमिलाप सम्बन्धी आठ दिवसिय ४८ घण्टे आधारपूत तालिम सम्पन्न भएको छ । ‘हाम्रो समस्या, हाम्रै समाधान’ भन्ने मुल नाराका साथ त्रियुगा नगरपालिकाको आयोजना तथा सहयोगमा गरिएको आठ दिवसीय आधारभूत तालिम मंलवार एक कार्यक्रम बीच सम्पन्न गरिएको हो ।
तालिम नगरभित्रका १६ वटै वडाहरुबाट दुई–दुई सदस्य गरी ३२ सदस्य, १० जना न्यायक समितिबाट सूचिकृत मेलमिलाप कर्ताहरु र तीन जना समाजिक संघ संस्थाहरुबाट गरी ४५ जनाको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा बोल्दै कार्यक्रमक न्यायक समितिका संयोजक समेत रहेकी नगर उप–प्रमुख महेश्वरी राईले समुदायमा हुने विवादहरु मेलमिलामकर्ता मार्फत निरुपण हुने वातावरण सिर्जना गर्नुपर्ने बताईन् । यता त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले तालिमको अनुगमन गरेका थिए ।
तालिममा विवाद, मेलमिलापको पद्धती, मेलमिलाप सम्वन्धी प्रचलित कानुनी व्यवस्था, मेलमिलापको शिप, मेलमिलाप प्रक्रिया, विवाद छनौट, मेलमिलापकर्ताका गूणहरु र मेलमिलापका आचारसहिंता, सहमतीय निकास लगायतका विवीध बिषयमा प्रशिक्षण भएका थिए । तालिममा जनहित संरक्षण मञ्ज (पोक)का कबिता पाण्डेले सहभागिहरुलाई प्रशिक्षण दिएकी थिइन् । साथै सहायक प्रशिकको रुपमा सागर नेपाल र तुलसी चौलागाईले गरेका थिए । कार्यक्रमलाई जनहित संरक्षण मञ्च (प्रो.बब्लिक) अनामनगर काठमाण्डौले सहकार्य जनाएका थिए ।
