
पूर्णपुष्टि, बैशाख १९ । गत शनिबार मृत भेटिएकी नर्स अनुमा श्रेष्ठको प्रेमि भनिएको डा. सुजन ढकाललाई प्रहरीले पक्राउ गरेको छ । ढकाललाई मंगलबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।
वीर अस्पतालमा कार्यरत नर्सले कान्ति बाल अस्पतालमा कार्यरत ढकालको घर काठमाडौं महानगरपालिका वडा नम्बर १६ बोहराटारमा आत्महत्या गरेकी थिइन् । विवाह गर्न अस्वीकार गरेर आत्महत्या गर्न बाध्य बनाएको भन्दै अनुमाको परिवारले प्रेमी ढकाल तथा उनका बुवाविरुद्ध प्रहरी वृत्त बालाजुमा आत्महत्या दुरुत्साहनको जाहेरी दिएको थियो ।
अदालतले दुई जनाविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले सुजनका बुवालाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान थालिने बताएका छन् ।
