
पूर्णपुष्टि, चैत्र १७ । उदयपुरको सदरमुकाम गाईघाटस्थित शनि मन्दिर नजिकबाट लागुऔषध ट्याब्लेट सहित २ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं. १२ का १९ बर्षीय रोहित झा र १८ बर्षीय बिबेक विश्वकर्मा रहेको जिल्ला प्रहरी कर्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार साझँ गस्तीमा खटिएको प्रहरी टोलीले उनिहरुलाई ६० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरु लागूऔषध सेबनकर्ता रहेको र अनुसन्धान गरेर काररबाहीको तयारी भैरहेको प्रहरीले जनाएको छ ।
