Saturday, April 18News That Matters

उदयपुरमा राष्ट्रिय महिला उद्यमी समिति गठन गरिने

पूर्णपुष्टि, १७ चैत्र ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ अन्तर्गतको राष्ट्रिय महिला उद्यमी समिति उदयपुरको जिल्ला स्तरीय भेला गाईघाटमा भएको छ । आईतबार गाईघाट स्थित जगत भवनमा भेला सम्पन्न भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष प्रदिप गिरी, घरेलु तथा साना उद्योग कार्यालय उदयपुरका प्रमुख अर्जुन घिमिरे, नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरका अध्यक्ष मधुकर थापा लगायत ब्यक्तिहरुको उपस्थितिमा भेला भएको समितिका केन्द्रीय संयोजक ज्ञानु प्रदानले जनाईन् । प्रदानका अनुसार राष्ट्रिय महिला उद्यमी समित नेपाल कपडा तथा सिलाई व्यवसायी भित्र रहेका महिलाहरुको समिति रहेको जनाईन् । भेलाले उदयपुरमा जिल्ला स्तरीय समिति पनि गठन गर्ने भएको छ । जिल्ला भरी रहेका सिलाई व्यवसायीहरुलाई एक ठाउँ भेला गरेर समिति निर्माण गर्न लागिएका संयोजक प्रदानको भनाई छ ।