
पूर्णपुष्टि, २९ वैशाख ।
गाईघाटमा शुक्रबार लैंङ्गित हिंसा रोकथामबारे बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ । युएनएफपिएको सहयोग तथा भिएस्ओ र कोकोन नेपालको संयुक्त साझेदारीमा कार्यक्रमको अयोजना गरिएका थिए । लैंङ्गिक हिंसा नियन्त्रणका लागि बिभिन्न कार्यक्रम तथा अवधारण निर्माण गर्न स्थानीय सरोकारवालाहरुको महत्वपूर्ण भुमिका रहेको भन्दै छलफल तथा अन्तरक्रियाको अयोजना गरिएको आयोजक संस्थाले जनाएको ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष र नगरका सामाजिक विकास शाखा, शिक्षा विकास शाखा, स्वास्थ्य शाखा, महिला बालावालिका शाख लगायतका प्रमुख तथा प्रतनिधिहरुको उपस्थित रहेका थिए भने, नेपाल प्रहरी, पत्रकार, गैरसरकारी संस्था, किशोर किशोरी लगायतका उपस्थिति रहेका थिए । अन्तरक्रियाले हिंसा रोकथामका लागि स्थानीय सरकारहरु सँगको साझेदारीमा ठुलो भुमिका रहेको निष्कर्श निकालेको छ । यी निजी तथा गैरसरकारी संघ संस्थाहरुले स्थानीय सरकारलाई आईपर्ने बिषय र समस्यालाई सहयोग गरिरहेको हुँदा सहकार्यको बढी नै जरुरी रहेको जनाईएको छ ।

यो छलफलको मुख्य कारण भनेकै भोली लैँङगिक हिंसा न्युनिकरण वारेमा आफ्नो समुदाय तथा क्षेत्रमा कसरी काम गर्ने भन्ने कुराको पूर्व जानकारी रहेको साझा सवालका लागि साझा मन्च (कोकन) की अध्यक्ष सन्जीता उपाध्यायले बताईन् । गैरसरकारी तथा सरकारी निकायहबीच छलफलमा उठेका कुरानै भोली काममा लागु हुने हुँदा स्थानीय सरकार सम्बन्धित साझेदारीको रुपमा आवश्यक रहेको उापाध्ययले बताईन् ।
कार्यक्रममा स्थानीय सरकार र संघसंस्थाले मिलेर हिंसाको बिरोध गर्ने हो भने हिंसा न्युनिकरणमा थप सफलता मिल्ने जनाएको छ । युएनएफपिएको सहयोग तथा भिएस्ओ र कोकोन नेपालको संयुक्त साझेदारीमा लैँङगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना उदयपुरको ४ नगरपालिका त्रियुगा, कटारी, चौदण्डीगढी र बेलकामा संञ्चालन रहेको छ । यसले बिषेशगरी लैङ्गिक हिंसा रोकथाम, लैङ्गिक हिंसा प्रतिकाय, नीतिगत संवाद प्रवद्र्धन् र पैरवी (वकालत) सम्बन्धि मुख्य तया काम गर्दै आएको छ ।
यस अन्तर्गत क्षमता अभिबृद्धि तालिम, लैङ्गिक रुपान्तरण सम्बन्धि विवहित जोडी कार्यक्रम, किशोर किशोरीहरुमा लैङ्गिक विभेदमा आधारित हिंसाबारे धारणा परिक्षण, पारिवारिक संवाद कार्यक्रम, सामुदायिक संघ–संस्थासंगको लैङ्गिक हिंसा रोकथाम सम्बन्धि अभिमुखीकरण, आदि कार्यक्रमहरु संञ्चाल हुँदै आएको छ । कार्यक्रममा युएनएफपिएका जिल्ला सयोजक राजकिशोर शाफी, कोकोन सल्लाहकार कोष राज न्युपाने र कोकोन नेपालबाट उतिम चन्द्र चौधरीले प्रस्तुतिकरण गर्नु भएको गरेका थिए ।

