
पूर्णपुष्टि, २८ वैशाख ।
सिआईवीमा काम गर्ने क्रममा बैदेशिक रोजगकार केसमा एक जना भारतिय नागरिकलाई नियन्त्रणमा लिएर हामीले अनुसन्धान गरेका थियौँ । अनुसन्धानका क्रममा हामिले उसलाई प्रश्न गयौँ“ किन तिमिहरु बैदेशिक रोजगार ठगिमा नेपालीलाई छनोट गछौँ ? ती भारतीयले उत्तरमा भनेका थिए, काठमाण्डौँको हरेक गल्लीगल्लीहरुमा हिडेका मानिसहरुलाई आफु भरपर्दो वैदेशीक रोजगार व्यवसायी भनेर चिनाउने बित्तिकै ६० प्रतिशत भन्दा बढी मानिसहरु आफुहरु सँग नजिकिने गर्छ, “ती भारतियले अनुसन्धानको क्रममा यस्तो कुरा खुलाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी ज्ञानेद्र प्रसाद फुयाँल बताउँछन्, ।

त्यस्तै म्याग्दी बाट पोखरा आएर ब्युटी पार्लर गरिरहेकी अनिता भट्टचनलाई अचानक नयाँ नम्वर बाट पटक पटक फोन आउँछ, धेरै चोटी फोन आएपछि उनीले सोध्छीन् किन मलाई बाराम्बार फोन गरिरहनु भएको छ ? त्यस पछि ती मान्छेले भन्छ ए, अमेरीका जाने भन्थे एक जाना साथीले त्यै मिलाईदिन फोन गरेको तपाईलाई पो परेछ, त्यसपछि ती अनिता भट्टचन भन्ने महिलाले भनिछन् ए ! तपाई त अमेरीका पठाउने मान्छे पो हो ? मलाई पनि पठाईदिनु न, ! यदि भनेपछि कुराकानी हुँदै जान्छ र उनि सँगै अरु ५ जना एकैपट करौँडौको ठगिमा पर्छन । अनितालाई ती दलालले व्युटिपार्लरको वोर्डमा राखिएको नम्वर टिपेर फोन गरेका रहेछन् । उनले अमेरिका भन्ने बित्तिकै पक्कै पनि ती महिला अमेरिका जाने चक्करमा आकर्षण हुन्छ र तीनीबाट रकम असुल्न सहज हुन्छ भन्ने उदेश्यले फोन गरेका थिए । सुरक्षित आप्रवास (सामी) त्रियुगा नगरपालिका र पत्रकारहरुबीच अन्तगरक्रिया कार्यक्रमा एसपी फुँयालले यी घटना उदाहरणको रुपमा प्रस्तुत गरे । फुँयाल लामो समय सिआईवीको जिम्मेवारीमा रहेर काम गर्दे गर्दा वैदेशिक रोजगाका ठगीबारे यस्तो रहस्यहरु प्रसस्त रुपमा आउने गरेको जनाए ।

उनले ठगी गर्न उनिहरु निकै चलाख चतुर हुने र बिभिन्न तरिकाहरु अपनाएर नेपाली फसाउने गरको सुनाए । यो सँगै धेरै नेपाली ऐजेन्सी र व्यक्तिहरु पनि वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई ठगेर खाने पेशा समाएको बताए । नेपालीहरु बिदेश नगई नहुने अवस्था जान जतिखेर पनि तयार र जसरी पनि जानै पर्ने भएसी उनिहरुले सहजै ठग्न सक्ने बुझिएको फुँयालको भनाई छ । उनले नेपालीहरु यी फरक फरक तरिकाले निरन्तर ठगिँदै आएको उनले अनुभव सुनाए ।
यस अनुसन्धाले नेपालमा अधिकांश युवाहरु वैदेशिक रोजगामा जाने तयारीमा भौतारिरहेको पाईन्छ । अत्यादिक युवाहरुको विदेश पलायन चाहानाकै कारण नेपालीहरु वैदेशिक रोजगारका क्रममा असुरक्षित र ठगिने प्रसस्त सम्भावना रहेको उक्त अन्तरक्रिया तथा छलफलमा निष्कर्ष निस्किएको छ । कयौँ नेपालीहरु बिदेश जान भौतारिरहेको अवस्थामा बिचौलीय र ठगारहरुले ठगी धन्दाको प्रसस्त ठाउँ पाउने गरेको प्रष्टै छ ।
कसरी ठगिन्छ नेपाली
सुरक्षित आप्रवासन (सामी) त्रियुगा नगरकी कार्यक्रम संयोजक बिजना वस्नेतले पैसाकमाउने लोभमा हचुवाको भरमा विदेशको तयारी नगर्न जनाईन् । अरुको ठाउँमा हरेक कुराको अनुभव र प्रक्रियाहरु मिलाएर मात्र विदेश जानु पर्ने उनि सुझाउँछिन् । वैदेशिक रोजगारमा नेपालीहरु बढी भन्दा बढी ठगीनुका साथै पारिश्रमिकमा अन्याय श्रममा भने शोषणस मेत पर्ने गरेको वस्नेतले बताईन् ।
नेपालीहरु कम्पनी, तलव, काम लगायतका सेवा सुविधा नबुझ्ने, खाली विदेश पुग्न मात्रै हतार गर्ने कारण ठगिने बढी सम्भावना रहने जनाईएको छ । यस्तो अवस्थामा बिचौलीया र दलालीले सहजै अवसर पाउने हुादा नेपालीहरु नमज्जाले फस्ने बस्नेतको भनाई छ ।

विदेश जाँदा, लागत, श्रम स्वीकृत, तलव, काम, निति नियम, प्रक्रिया र अन्य सेवा सुविधाको बारेमा प्रष्ट हुन र नेपाल सरकारको माताहतमा रहेको एजेन्सीहरुबाट मात्रै विदेश जानु पर्ने बताईन् ।
विदेश जानु भन्दा पूर्व सम्बन्धित निकायहरुमा गएर सोधपुछ गर्ने गर्दा दुख नपाईने सामि परियोजना कार्यक्रमले बताउँदै आएको छ । उनले विदेश जाने युवाहरुलाई वाहिर जानु अगावै ओरेन्टेसनमा बोलाउँदा उनिहरु कोहि पनि सहभागी नहुने जनाईन् ।
विदेश जान अगाडी केहि सुझाव र जानकारी दिनका निम्ति आयोजना गरिने ओरेन्टसनमा उनिहरु सहभागीनै हुँदैन । तर जव समस्या परेर आउँछ अनि चै खोजी खोजी आईपुग्छ । समस्या परेका पिडितहरु मात्रै ओरेन्टेसन कार्यक्रममा सहभागी हुने गरेको बस्नेतले बताईन् । विदेश जानेवारे सामी परियोजनाले बिभिन्न कार्यक्रमहरु तय गरेको छ । आप्रवासन केन्द्र संञ्चालन, आप्रवासी केन्द्रबाट सूचना तथा परामर्श, स्वंयमसेवक परिचालन तथा सूचना प्रभाह, समुदाय परिचालन, आप्रवासी स्रोत केन्द्रमा दर्ता भएको समस्याबारे जानकारी लगायत वैदेशिक रोजगारको सम्पूर्ण विवरणहरु संकलनको काम गर्ने गरेको छ ।
वैदेशिक रोजगार घटाउने सरकारको लक्ष फ्ल्प
सरकारले देशमै रोजगार बढाएर विदेश पलाएन रोक्ने भनिएपनि त्यसको ठोस परिणाम आएको छनै । विदेश पलायनको संख्या घट्नुका साटो अझै बढ्दो रुपमा रहेको तथ्याङक सार्वजानिक भएको छ । पहिलो बर्षको चालु आर्थिक बर्षको तुलनामा २०७८/०७९ मा बैदेशिक रोजगार जाने नेपालीको संख्या दोब्बरले बढेर गएको छ । ७८/०७९ को भदौ महिनामा ३६ हजार ४० जनाले श्रम स्वीकृत गरेको तथ्याङकमा उल्लेख छ भने चालु आर्थिक भदौमा ७४ हजार बढीले श्रम स्वीकृत गरेको पाईएको छ ।
सुरक्षित आप्रवासन कोशी प्रदेशका कार्यक्रम अधिकृत डिएन चौधरीले वैदेशिक रोजगार कमाउने अवसर सँगै असुरक्षित भविष्यको चुनौती पनि रहेको जनाए । चौधरीका अनुसार बैदेशिक रोजगारको शिलशिलामा श्रम स्वीकृत गरेर विदेश जाने नेपालीहरुको संख्या ६५ लाख बढी रहेको जनाए । उनले त्यसबाहेक अबैधानिक रुपमा पनि नेपलाीहरु विदेश गएको उल्लेखनिय संख्या रहेको तथ्याँङक समेत कार्यक्रममा सार्वजानिक गरे । चौधरीले प्रत्येक बर्ष नेपालबाट ५ लाख र हरेक दिन १५ सय बढी युवाहरु वैदेशिक रोजगारमा जाने बताए । यस मध्ये नेपालमा सबैभन्दा बढी बिदेश जानेको संख्या मधेश प्रदेश रहेको छ भने सबैभन्दा कम सुदुरपश्चिमा प्रदेश रहेको छ । जसमा कोशी प्रदेश दोस्रो स्थानमा छ । यता कोशी प्रदेशमा भने सबै भन्दा बढी झापा जिल्लाबाट विदेशिएको तथ्याङ्कमा उल्लेख छ भने उदयपुर चौँथो स्थानमा रहेको अवस्था छ । मोरङ दोस्रो, सुनसरी तेस्रो स्थानमा छ भने सभै भन्दा कम सोलुखुम्बु जहाँबाट निकै कम संख्यामा विदेश गएको पाईएको छ ।
प्रक्रियागत गएको नेपालीले दुर्घटना वा मृत्यु भएको अवस्थामा कती पाउँछ रकम ?
नेपाल सरकारमा श्रम स्वीकृत, विमा र सम्पूर्ण कागज प्रमाण सहित विदेश गएको नेपाली विदेशमा अलपत्र र भव्य तव्य भएको दुर्घटना भएको अवस्थामा उनिहरुलाई आर्थिक रकम जुटाउन सहज हुने सामीले जनाए । यसरी गएमा सम्बन्धित क्षेत्रहरुमा प्रोसेस चाल्दा पैसा जुटाउन सहज हुने जनाए । तर यहाँ पनि ठगी हुन सक्ने बताए । यसरी विदेशमा नै मृत्यु भएको अवस्थामा थोरैमा पनि २१ लाख बरावर आर्थिक रकम पाउन सकिने जनाईएको छ । बिमा बापत १३ लाख र वैदेशिक बोर्डबाट ७ लाख गरी एक मुष्ट बजेट पाउन सकिने छलफलमा प्रस्टाईएको छ । यसरी कतिपय नेपालीको पैसा भने सम्बन्धित कर्मचारीहरुले नै खाईदिने गरेको पनि भेटिएको छ । यसमा चलाखी गर्नु पर्ने उहाँहरुले सझाए ।

