Wednesday, June 10News That Matters

गाईघाटमा सभ्य र भव्यताका साथ होली सम्पन्न (फोटो फिचर सहित)

पूर्णपुष्टि,फागुन २३ । उदयपुरको सदरमुकाम गाईघाटमा सभ्य र भव्यताका साथ २०७९ होली पर्व कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार सदरमुकाम गाईघाटको दुई छुट्टा छुट्टै स्थानमा होली बिशेष कार्यक्रमको आयोजना गरिएको हो । होली बिशेष कार्यक्रममा सदरमुकाम आसपासको क्षेत्रका युवा युवतीहरुको सहभागिता रहेको थियो ।

गाईघाटको त्रियुगा नगरपालिका ११, विदुद्य मार्घ अवस्थित उपहार एफ.एम.९५.४ मेगार्हजको आयोजनामा “होली उत्सव” को आयोजना गरिएको थियो । जसमा जिल्लाका स्थानी कलाकार तथा राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुती मार्फ सयौँ दर्शकहरुलाई मनोरंञ्जजन लिलाएको थियो । उक्त कार्यक्रममा युवा गाएक तथा संगितकार टम्पशेर राई, गायक अशोक शिवा, गायक फिरोज बस्नेत, कलाकर मिथुन ठाकुर र रेखा राई लगाएतका कलाकारहरुको उपस्थिति रहेको थियो ।

यता पूर्वेली आवाज मिडिया प्रा।लीको आयोजनामा पिपल चोक अवस्थित एवान होटल छेउ “होली हंगामा २०७९ सिजन –२” को आयोजना गरिएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरु शिबथापा मगर, लोक स्टार बिनोद दनुवार, टिकटक भाइरल जोडी गोपाल कृति नमु न्यौपाने, इटहरीका पप सिंगर साइरस श्रेष्ठ लगायतका कलाकारहरुले प्रस्तुती दिएका थिए ।

गतसाल हजारौं स्थानीय दर्शकहरुको साथ पाएको यो मिडियाको यो दोश्रो सिजन रहेको छ ।