
पूर्णपुष्टि, फागुन २४ । उदयपुरमा होलीको दिन लापर्वाही सवारी चलाउने ५३ सवारीलाई ट्राफिक प्रहरीले कार्वाही गरेको छ । नियम उलंघन गरी सवारी चलाउने सवारीहरु कार्वाहीमा परेको हो । मापासे, बिना हेल्मेट, तिन जना सवार, जिकज्याक जस्ता सवारीहरुलाई कार्वाही गरिएको ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज आलोक दियालीले जनाए । दियालीका अनुसार मापासे गर्नेलाई थप कडाईका साथ कर्वाही गरिएको जनाए । अन्यलाई हिजै जरिवाना सहित छाडिएको भएपनि मापासेलाई भने अझै नछाडिएको दियालीले बताए । उनिहरुलाई आज बोलाएर थप सोधबुछगरी छाडिने जनाईएको छ । गाईघाटमा मात्रै २२ ओटा सवारी साधनलाई कार्वाही गरिएको छ । त्यस मध्ये ६ ओटा मापासेका सवारी रहेका छन् ।
