Tuesday, June 9News That Matters

ब्रगमाथि रोमाञ्चक जित निकाल्दै वेनफिका च्याम्पियन लिगको क्वाटरफाईनलमा प्रवेश

पूर्णपुष्टि, फागुन २४ । युरोपियन च्याम्पियन लिगमा ब्रगमाथि रोमाञ्चक जित निकाल्दै वेनफिका च्याम्पियन लिगको क्वाटरफाईनल प्रवेश गरेको छ ।पोर्चुगिज क्लब वेनफिकाले बेल्जियमको क्लब ब्रगलाई ५–१ गोल अन्तरले हराउँदै समग्रमा ७–१ को फराकिलो जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो ।

वेनफिकाको घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो खेलको ३८ औं मिनेटमा गोल गर्दै शिल्भाले अग्रता दिलाएका थिए भने पहिलो हाफको ईन्जुरी टाईममा र खेलको ५७ औं मिनेटमा गोन्सालो रामोसले गोल गरे । त्यस्तै खेलको ७१ औं मिनेटमा जाआओ मारियोले गोल गरे भने ७७ औं मिनेटमा डेभिड नेरेसले गोल गरे । ब्रगका लागी बिजोन मेईजरले सान्त्वना गोल गरे ।