Tuesday, June 9News That Matters

चेल्सी च्याम्पियन लिगको क्वाटरफाईनलमा प्रवेश

पूर्णपुष्टि, फागुन २४ । युरोपियन च्याम्पियन लिगमा जर्मन क्लब बोरुसिया डर्टमण्डमाथि पुनरागमन जित निकाल्दै चेल्सी क्वाटरफाईलमा प्रवेश गरेको छ ।अन्तिम १६ को पहिलो लेगमा डर्टमण्डसँग १–० ले हारेको चेल्सीले घरेलु मैदानमा भएको दोस्रो लेगमा २–० को जित निकालेको हो ।

चेल्सीले समग्रमा २–१ को जित सहित अन्तिम आठमा स्थान बनाएको हो । चेल्सीको जितको लागी खेलको ४३ औं मिनेटमा रहिम स्टर्लिङले गोल गरे भने ५३ औ मिनेटमा काऐ हाभार्टले पेनाल्टीमार्फत निर्णयक गोल गरेका थिए ।