Monday, June 29News That Matters

गाईघाटमा स्कुटर चोरी गर्ने एक पक्राउ

उदयपुर
पूर्णपुष्टि,माघ १३ । जिल्लाको त्रियुगा नगरपालिका १२, स्थित शनि मन्दिरबाट स्कुटर चोरी गर्दै गरेको अवस्थामा एक युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा जिल्ला सप्तरी सप्तकोशी न.पा. वडा नं. ७का २३ वर्षीय सुनिल कुमार चौधरी रहेका छन् ।

विहिबार मध्यराती करिव १ बजेको समयमा चौधरीलाई शनि मन्दिरबाट स्कुटर डोहोर्‍याउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय उदयपुरको गस्ती टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । स्कुटर त्रियुगा नगरपालिका १२, बस्ने सुस्मिता राईको रहेको खुलेको छ ।

पक्राउ परेका चौधरीमाथि जिल्ला अदाल उदयपुरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।