Wednesday, June 17News That Matters

गाईघाटमा १७ करोड बराबरको खानेपानी योजना सिलान्यास

पूर्णपुष्टि, फागुन ६ । गाईघाटमा शुक्रबार १७ करोड बरावरको खानेपानी योजनाको सिलन्यास भएको छ । उक्त योजनाको सिलन्यास त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत र उपमेयर महेश्वरी राईले गरीन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयको करिब १७ करोड ९ लाख ८४ हजार लागतमा वडानं ११, १२ र १३ का बस्तिमा खानेपानी बिस्तार गर्ने योजनाकासाथ निर्माण कार्य सुरु गरिएको गाईघाट खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष प्रकाशकुमार बस्नेतले जानकारी दिए ।
दुई बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको उनले बताए । योजना अन्र्तगत सात लाख लिटरको खानेपानी ट्याकी, टिमेन्ट प्लान्ट, अग्नी नियन्त्रण स्टेसन ५ वटा, कार्यालय भवन, पम्प हाउस लगाएतका संरचना निर्माण हुने अध्यक्ष बस्नेतले बताए ।

त्रियुगा नगरपालिकाका सदरमुकाम आसपासका क्षेत्र चार हजार घरघुरीलाई स्वस्च्छ खानेपानी खुवाउने लक्ष्यकासाथ गाईघाट खानेपानी योजनाको शिलान्यास गरिएको हो ।

खड्काका अनुसार तीन वटा वडामा एकलाख ५ हजार मिटर खानेपानीको लाईन विस्तार गरिने र तीन हजार ८ सय ८० घर परिवारलाई खानेपानी धारा वितरण गरिने छ । उक्त योजनाको मुहान भने त्रियुगा नगरपालिका वडा नम्बर १० मा मुहान रहने आयोजनाको खड्काले बताए । २०८१ माघमा काम सम्पन्न गर्ने गरी सागर एण्ड मल्टीटिक जैबिक बुढानिलकण्डले योजनाको ठेक्का लिएको छ ।