Wednesday, June 17News That Matters

गाईघाट साकेला थानको थप सुधारमा प्रतिबद्ध छु : मन्त्री आचार्य

पूर्णपुष्टि, फागुन ६ ।
प्रदेश नं १ का संस्कृति पर्यटन तथा वन मन्त्री जिवन आचार्यले गाईघाट साकेला थानको निरिक्षण गरेको छ । शुक्रबार विविध कार्यक्रम लिएर उदयपुर आएका आचार्यलाई साकेला थानको समेत अवलोकन गराईएका थिए । किरात राई यायोख्खाको पहलमा छोटो समय लिएर मन्त्रीलाई साकेला थान अवलोकन गराईएको हो । आचार्यले थानको अवलोकन र त्यहाँको स्थानीयहरुको कुरा सुने सँगै त्यस क्षेत्रलाई थप सुधार गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको जनाए ।

उनले साकेलाको थप सुन्दरताका लागि आफु प्रतिबद्ध रहेको जनाए । किरात समुदायहरुको संस्कार संस्कृतिमा आधारित साकेला थानलाई थप सुन्दर बनाउन आफु र आफनो मन्त्रालय सँधै तयार छ, उनले भने । साकेला थान सुधारका लागि प्रदेशमा डिपिआर समेत पेश गरिएको किरात राई यायोख्खा जिल्ला अध्यक्ष गंगा राईले बताईन् । नले त्यसका लागि मन्त्री आचार्यलाई सकरात्म पहल गर्न अनुरोध समेत अनुरोध गरिन् । साकेला थानका अध्यक्ष सर्वधन राईले अहिले थुप्रै कुराहरु आवश्यक रहेको जनाएको छ । यस भित्र किरात संस्कार संस्कृतिको लागि आवश्यक थुप्रै भौतिक संरचनाहरु खाँचो रहेको जनाए ।