
पूर्णपुष्टि, माघ २५
पछिल्लो समय नेपालमा एमसीसीको चर्को विरोध आलोचना हुँदै गर्दा गाईघाटमा पनि ६ ओटा पार्टीहरुले यसको चर्को विरोध गरेको छ । ५५ अर्बमा देश बेच्न लागेको भन्दै उनिहरुले चर्को विरोध गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी, नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणत्रान्त्रिक मोर्चा, नेपाल, र बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले मंगलबार एमसीसी बारे गाईघाटको पिपलचोकमा कोण सभा गर्दै बिरोध गरेको हो ।

बिरोधमा उनिहरुले एमसीसी जनताहरुको इच्छा विपरित राष्ट्रघाती रहेको भन्दै यसलाई तत्काल ख्यारेजको माग राखेको छ । उनिहरुले देशको वेरुजु हेर्ने हो भने १० खर्ब बढी भ्रष्ट देखिने त्यस्को छानविन चै नगर्ने तर अमेरीकाको राष्ट्रघाती ५५ अर्ब डलर चै सरकारले भित्र्याउने भन्दै यो मान्ने नहुने जनाए । पार्टीहरुले जनताहरुलाई अन्याय हुने त्यस्ता एमसीसी पास नगर्न सरकारलाई अनुरोध गर्दै दलाली नबन्न समेत सुझाए ।

विरोध कार्यक्रममा बिभिन्न ६ दलका बैज्ञानिक समाजवादी कम्युनिष्ट बाट गोकुल चाम्लीङ, नेकपा माले बाट राम प्रसाद चौलागाई, नेकपा विप्लब बाट मिन प्रभात पोखरेल र नेकपा क्रान्तीकारी बाट अम्वर परियार बक्ताको रुपमा रहेका थिए ।

