Wednesday, June 10News That Matters

गाईघाट आउने क्रममा प्राईम डिलक्समा लुटिएका पिडितले बस कर्मचारी बिरुद्ध जाहेरी दिने

पुर्णपुष्टि, फागुन १० । काठमाडौंदेखि गाईघाट आउने क्रममा प्राईम डिलक्स बसमा लुटिएको पिडितले बस कर्मचारी विरुद्ध किटानी जाहेरी दिने तयारी गरेका छन् । उनीहरुले बसभित्र बेहोस् पारेर लुटिनुुमा उनीहरु नै प्रमुख जिम्मेवार रहेको भन्दै जाहेरी दिने तयारी गरेको बताएका छन् । लुटेरा र लुटिएको सुन फेला नगरेपछि बस कर्मचारीकै मिलेमतोको आशंका गर्दै किटानी जाहेरी दिन लागेको पिडितहरुको भनाई छ ।

सोमबार बेलुकी ०३–००१–ख २५८० नम्बरको बसबाट गाईघाट आइपुुग्दा ३८ वर्षिय ल्होदोर्ची शेर्पा र ५५ वर्षिय नुुर्बुु शेर्पा बेहोस अवस्थामा थिए । ल्लोदोर्चीको करिब साढे चार तोला सुुनको सिक्री र औठी लुटिएको बताइएको छ । बसभित्र अचेत अवस्थामा आइपुुगेका दुुबैजनालाई आफन्त र प्रहरीले जिल्ला अस्पताल उदयपुर लगेको लामो समयपछि मात्र होस खुुलेको परिवारले जनाएको छ ।

अझै पनि उनीहरु पूर्ण ठिक नभइसकेको, घरीघरी अचेत हुने गरेको परिवारले जनाएको छ । घटनाबारे छानविन भइरहेको प्रहरीले जनाएको छ । पिडित पक्षले भने लुटिएको घटनाप्रति बस कर्मचारी र प्रहरी गम्भिर नभएको आरोप लगाएको छ । घटनापछि नियन्त्रणमा लिएको बस र कन्डक्टरलाई प्रहरीले छाडेकोमा पिडितले आपत्ती जनाएको छ । अन्य दुुईजना भने प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।