
पूर्णपुष्टि, फागुन १० ।
उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुचि नमुना माविमामा बिज्ञान तथा कलाको भव्य प्रदर्शन भएको छ । उक्त प्रदर्शन दुई दिन सम्म संञ्चालन गरिने आयोजक मुर्कुचि नमुना माविले जनाईएको छ । जिल्ला तथा छिमेकी जिल्लाहरुको समेत गरी ३५ भन्दा बढी विद्यालयहरुले उक्त प्रदर्शनमा भाग लिएका थिए । बिज्ञान, कला, समाज र वातावरण गरी जम्मा चार विद्यामा प्रदर्शन गरेका थिए । विद्यालय बाहेक अन्य संघ संस्थाहरुले पनि स्टल प्रयोग गरेको छ ।

प्रदर्शनमा ९० स्टलहरु भरिभराउ छन् । विद्यालयको ६१ औँ बार्षिकोत्सव र १९ औँ अविभावक दिवसको अवसर पारेर बृहत प्रदर्शन सँगै सांस्कृतिक कार्यक्रम पनि भव्य रुपमा संञ्चालन भएको छ । विद्यालय र रौतामाई गाउँपालिकाको संयुक्त आयोजना गरेको कार्यक्रमलाई हुरेण्डेक उदयपुरले सहयोग गरेको छ । प्रदर्शनमा राखिएको प्रत्येक विद्याका उत्कृष्टलाई १० हजार नगदले पुरस्कृत समेत गरिने आयोकले जनाएको छ ।
पढाई बाहेक विद्यार्थीहरुको अन्य क्षमतालाई पनि अग्रसर बनाउने भन्दै प्रदर्शन कार्यक्रमको आयोजना गरिएको विद्यालयको प्रअ खड्ग बहादुर थापा मगरले जनाए । थापाले यी प्रदर्शनले विद्यालय र विद्यार्थीहरुमा थप सफलता मिल्ने समेत आशा गरेको जनाएको छ । यस्तै रौतामाई गाउँपालिकाका अध्यक्ष विरेन्द्र मगरले यस प्रदर्शनी कार्यक्रमले रौतामाई गाउँपालिका भरीकै विद्यालयहरुलाई सफल बनाउने जनाए । उनले यो प्रदर्शन नुमुना माविमा उदाहरणीयको लागि उपयुक्त रहने समेत जनाए ।

