Tuesday, April 21News That Matters

गाईघाट गोसलाईनमा माछा व्यपारीको छोरा मृत फेला

पूर्णपुष्टि, साउन १७
गाईघाट स्थित पुरानो सव्जी बजार गोसलाईनमा एक युवा मृत फेला परेको छ । माछा व्यापारी जोशी सहनीका २० बर्षिय छोरा कृष्ण सहनी मृत फेला परेको स्थानीयले जनाएको छ । मृतक युवाको मुचुल्का उठाई प्रहरीले पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगेको छ ।

स्थानीयहरुका अनुसार शरिरमा केहि चोटहरु समेत फेला परेको जनाएका छन् । उनको मंगलबार विहान गोसलाईनको मासु काट्ने ठाउँमा शव फेला पारेको हो । मृतकका भेनाजु जितेन्द्र शहनीका अनुसार कृष्ण करिब १ महिना पछि विदेश जाने तयारीमा रहेको जनाएका छन् । सबै भिषाहरु तयारी रहेको र उड्न मात्रै बाँकी रहेको अवस्थामा उनको मृत्यु भएको जितेन्द्रले जनाए ।