Monday, April 20News That Matters

बेलकामा एमाले सचिव सहित पुर्व जनप्रतिनिधी माओवादी केन्द्रमा प्रवेश

ललित राई
बेलका, साउन १६
नेकपा एमालेका बेलका नगर पार्टी सचिव सहित पुर्व जनप्रतिनिधी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। बेलका नगरका एमालेका नगर सचिव नुनिराम राई लगायत बेलका नगरपालिकाको एमालेवाट निर्वाचित पुर्व वडा सदस्य राज कुमार बस्नेत सहीत दर्जनौ स्थानीय नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन।श्रावण १६ गते सोमवार आदिवासी जनजाति सभाहलमा नेकपा माओवादी केन्द्र बेलका नगर कमिटीद्वारा आयोजित एक कार्यक्रममा सचिव राई सहित स्थानिय नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नेकपा माओवादी केन्द्र प्रदेश नं। १ का प्रदेश कमिटी सचिवालय सदस्य राजन किराती ‘बासु’ को प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गरिएको हो।किराती सहित प्रदेश कमिटी सदस्यहरु रमन भट्टराई , राकेश किराती, श्याम श्रेष्ठ नगर पार्टी अध्यक्ष मनोज तामाड०, नगर पार्टी प्रवक्ता ललित राई लगायत नेता कार्यकर्ताहरुले नव प्रवेशी नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका थिए ।

प्रमुख अतिथी किरातीले मुलुकका सबै परिवर्तनकामी बिचार बोक्ने क्रान्तिकारीहरु एकजुट हुनुपर्ने आवश्यकता औल्याए ,देशमा बिद्धमान सबै खाले परिवर्तनहरु माओवादीको बलमा आएको र ति उपलव्ध उल्टाउन प्रतिगामीहरु लागिरहेकोले सबै नागरिक सचेत हुनुपर्ने बताए ।
नगर अध्यक्ष मनोज तामाड०ले माओवादी केन्द्र बेलकामा थप मजबुद बन्दै गएको र युवा तथा बौद्धिक व्यक्तित्वहरु को आकर्षण पार्टी प्रति बढ्दै गएको बताए। अध्यक्ष तामाड०ले निकट भविष्यमा नै बेलकामा बिभिन्न राजनैतिक दल त्याग गरी निक्कै ठुलो जनमानस माओवादी केन्द्रमा प्रवेश गर्ने पनि बताए। प्रतिबद्धता मन्तव्यको क्रममा नव प्रवेशी पुर्व सचिव राईले मुलुकको हरेक खाले परिवर्तन माओवादी केन्द्र पार्टीवाट मात्रै सम्भव रहेको हुनाले समाजको परिवर्तन र बिकासका लागि माओवादी केन्द्र निर्विकल्प रहेको बताए।
कार्यक्रममा प्रदेश सदस्यहरु रमन भट्टराई , राकेस किराती, श्याम श्रेष्ठ लगायतका नेताहरुले नव प्रवेशीहरुलाई शुभकामना मन्तव्य राख्दै आगामी दिनमा बेलकामा माओवादी केन्द्र पहिलो पार्टी समेत बन्ने धारणा राखेका थिए।