
पूर्णपुष्टि, १० असार ।
जिल्ला ट्राफिक कार्यालय उदयपुरले ७० जना सवारी चालकहरुको निशुल्क स्वास्थ्य जाँच गरेको छ । त्रियुगा नगरपालिका १३ बरुवा बसपार्कमा सोमावार लामो तथा छोटो दुरीका सवारी चालकहरुलाई स्वास्थ्य परिक्षण गराईएको हो ।
कर्यालयका ट्राफिक इन्चार्ज श्याम सुन्दर पोखरेलले दुर्घटना न्युनिकरणका लागि चालकहरुको अनिवार्य स्वास्थ्य जाँचको आवश्यक रहने जनाए । चालक सबैभन्दा बढी स्वास्थ्य रहनु पर्ने हुँदा उनिहरुलाई सँधै चेकजाँचको आवश्यक रहने पोखरेलले जनाए । पोखरेलका अनुसार ७० जना चालकहरुले आँखा र प्रेसरको जाँच गरेका छन् ।

उनिहरुको बिषेशगरी प्रेसर र आँखा दन्दुरुष्त हुनु पर्ने इन्चार्ज पोखरेलको भनाई छ । चालकको स्वास्थ्य अवस्था राम्रो भए दुर्घटनाहरु कम हुँदै जाने भन्दै सके सम्म चालकहरुका लागि महिनामा एक पटक सम्म चेक जाँचको वातावरण मिलाउने पोखरेलले बनाए । चेक गरिएका मध्ये दुई जना चालकहरुमा आँखाको समस्या र ११ जनामा भने प्रेसरको समस्या देखिएको छ । ७० जना मध्य १३ जना चालकहरुमा स्वास्थय समस्या देखिएको इन्चार्ज पोखरेलले जनाए । उनिहरुलाई औषधी तथा चस्मा उपलब्ध भएको छ भने सचेत रहन र आवश्यक उपचार गर्न भनिएको छ । निशुल्क स्वास्थ्य परिक्षणले चालकहरुमा खुसि देखिएको छ ।

उनिहरुले आफु मजदुर भएका कारण स्वास्थ्य जाँचहरुमा उत्ति ध्यान नपुग्ने र समय नहुने अवस्थामा अचानक स्वास्थ्य परिक्षण गराउन पाउँदा खुसी भएको जनाए । उनिहरुले आफुहरु मजदुर भएकै कारण स्वास्थ्य परिक्षण गराउने आर्थिक अवस्था र पहुँच नहुँदा पनि अस्वास्थ्यकै बिच पनि निरन्तर काम गरिरहनु पर्ने जनाए । आफु सँधै गुड्ने सडकमै अचानक चालकहरुका लागि भनेर आयोजना गरिएको स्वास्थ्य परिक्षणले आफुहरुलाई उत्साहित बनाएको एक चालकले जनाए । उनिहरुले चालकहरुलाई बेलाबेला यसरीनै स्वास्थ्य परिक्षण गराउन माग समेत गरे । बिहिबारबाट सुरु गरिएको ट्राफिक सप्ताहको अवसरपारी सवारी चालकहरुलाई चेकजाँच गरिएको हो ।

