
पूर्णपुष्टि, ९ असार ।
करिब एक महिना सम्म संञ्चालन भैएको किराती समुदायहरुको संस्कार संस्कृतिमा आधारित साकेला उभौली सम्पन्न भएको छ । शनिवार गाईघाट स्थिति साकेला थानमा साकेला नाच तथा साकेला शिल्ली प्रतियोगिता गरेरे साकेला सम्पन्न गरिएको हो । किरात राई यायोख्खा त्रियुगा नगरपालिका ११, १२ र १३ को संयुक्त आयोजनामा साकेला समापन गरिएको हो । साकेला उदयपुरमा गत जेष्ठ १० गते सिकारी भुमि पुजाआजा सहित सुरु गरिएको थियो । १६ ओटा प्राकाशा रहेकाउ गाईघाटमा सबै स्थानमा साकेला उभौलीको आयोजना गरिएको थियो । उक्त साकेलाको एकमुष्ट रुपमा समापन गाईघाटमा गरिएको हो । गाईघाटमा ७ र ८ गते गरी दुई दिन साकेला मनाईएको थियो । पहिलो दिन साकेला नाचगान र पुजाअजा दोस्रो दिन भने प्रतियोगिता गरी साकेला नाचका समापन गरिएको आयोजक समितिका अध्यक्ष सर्वधन राईले जनाए । उनले यो बर्षको लागि साकेला उभोली सम्पन्न भएको समेत जानकारी गराए ।

