Wednesday, April 22News That Matters

स्व. गिता स्मृति रनिङ शिल्ड साकेला प्रतियोगिताको उपाधी इटहरीले जित्यो

पूर्णपुष्टि, ८ असार ।
स्वर्गिय गिता स्मृति रनिङ शिल्ड साकेला प्रतियोगिताको उपाधी इटहरीले पच गरेको छ । २ पटक बिजेता ईटहरी उपमहानगरपालिका सुनसरीले यो पटक पनि जित हात पार्दै शिल्ड पच गरेको हो । प्रतियोगिताको बिजेता सँगै उक्त टिमले नगद रु ३० हजार सहित ट्रफि जितेको छ । यस्तै प्रतियोगितामा त्रियुगा नगरपालिका कमिटी दोस्रो, धरान १५ साकेला समूह तेस्रो भएको छ । दोस्रो हुने टिम त्रियुगाले नगद रु २० हजार र तेस्रो हुने धरानले नगद रु १५ हजार प्राप्त गरे ।

त्यस्तै ११ औँ गिता स्मृति रनिङ साकेला संघ लेटाङ मोरङ, कोवाई बुङ साकेला समूह त्रिनपा ३ चाप, चौनपा साकेला संघ, किरात राई चाम्लीङ खाम्वात्तिम, त्रिनपा नगर कमिटीले पनि सान्त्वना पुरस्कार पाएको छ । उनिहरु क्रमश चौथो, पाँचौ, छैँठौ र सार्तौबन्न सफल भएको हो । प्रथम पुरस्कारलाई नरध्वज राई, दोस्रो पुरस्कारलाई प्रेम कुमार राई, तोस्रो पुरस्कार भुपजित पुमा राईले प्रायोजन गरेका थिए भने हिरामति राई कालिदाश राई, समिप सागर राई र तल बहादुर राईले शान्त्वना पुरस्कारको प्रायोजन गरेका थिए । किरात राई यायोख्खा वडा नं ११, १२ र १३ को संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।