Wednesday, April 22News That Matters

उदयपुरको सान उच्चो बनाउन सफल चार साइक्लिष्ट खेलाडी

पूर्णपुष्टि, असार ८ ।
राष्ट्रिय माउनटेन बाइक प्रतियोगितामा उदयपुर जिल्ला साइकल संघका चार खेलाडीले उत्कृष्ठ प्रस्तुती दिएका छन् । प्रतियोगिताको जुनियर क्रसकनट्रीतर्फ निमा शेर्पाले प्रथम स्थान हाँसिल गरेका छन् । उनी गतसाल पनि विजेता हुन् । उनले आफ्नाे पुरानो रेकर्डलाई फेरी बचाउन सफल भएका हुन् ।
डाउनहिलतर्फ अबतार राईले छैठौं स्थान हाँसिल गरेका छन् । उनी जिल्लाकै आशलाग्दा खेलाडी हुन् । उनले विभिन्न प्रतियोगितामा उत्कृष्ठ खेल देखाइसकेका छन् । त्यसैगरी युथ क्याटागोरीतर्फ पहिलो पटक सहभागि कुसाङ शेर्पा पाँचौ र साजन कार्की छैठौं स्थानमा आउन सफल भएका छन् ।
जिल्लाका चारै खेलाडीले सम्मानजनक स्थान ल्याएर जिल्लाको नाम उज्वल गरेको संघका संस्थापक अध्यक्ष तथा साइक्लिङ अभियानता जितेन्द्र रोइलाले बताउनुभयो । प्रथम हुने निमा शेर्पाले आप्mनो पुरानो रेकर्ड बचाएर उपाधी उदयपुरको नाममा सुरक्षित गरेकोमा खुसी ब्यक्त गरे ।
युवाहरुबीच शाहसीक र प्रतिष्ठित खेलको रुपमा विकास भइरहेको साइक्लिङले उदयपुर जिल्लालाई देशभर चिनाउदै गएको र पर्यटन विकास र प्रवद्र्धनमा टेवा पुर्याएको छ ।