Wednesday, April 22News That Matters

शिक्षामा त्रियुगा नगरपालिकाको मनपरी भएकाे भन्दै दलहरुकाे विरोध

सुनिल राई (उदयपुर)

पूर्णपुष्टि, ८ असार
उदयपुरका राजनितिक दलहरुले त्रियुगा नगरपालिकाले शिक्षा क्षेत्रमा लापर्वाही र विद्यार्थीहरुको पठनपाठनमा प्रभावित बनाएर बेतिथी निम्ताएको भन्दै बिरोध गरेका छन् । जिल्लाको ६ ओटा राजनितिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकमा माओवादी, राप्रपा, जनता समाजवादी पार्टी र नेकपा एकिकृत समाजवादी पार्टीले संयुक्त बिज्ञाप्ती जारी गर्दै त्रियुगा नगरपालिकामा ठाडो निर्देशनबाट मापदण्ड विपिरिद पूर्वाग्राहि हिसावले विद्यालयको घटुवा र जथाभावी शिक्षक सरुवा गरेको भन्दै बिरोध गरेको हो ।

हालै त्रियुगा नगरपालिकाले नगरभित्रका बिभिन्न सामुदायिक विद्यालयहरुलाई शैक्षिकसत्र सुरुवात भई तिन महिना व्यतित भैसकेको अवस्थामा बालवालिकाहरुले आफ्नो घर पायक पर्ने ठाउँमा अध्यान गरिरहेको अवस्थामा मापदण्ड निर्माण नगरी हचुवा तथा पूर्वाग्राहि ढंगले विद्यालयहरुको तह घटुवा र दरबन्दी मिलानको नाममा जथाभावी शिक्षक सरुवा गरेकाे अाराेप उनीहरुकाे ५ । त्यसले समग्र त्रियुगा नगरपालिकाको शिक्षा क्षेत्रलाई तहसनहस बनाईएको भन्दै राजनितिक दलको गम्भीर ध्यानाकर्षण भएको बिज्ञाप्तीमा उल्लेख गरिएको छ ।

शैक्षिक सत्रको अगाडीनै यो काम गनुै पर्नेमा तिन महिनापछि त्यो पनि मापदण्ड बिपरित विद्यालय घटुवा र शिक्षक सरुवाले विद्यार्थीहरुको पठनपाठनमा असर पुगेको राजनितिकदलहरुको आरोप छ । यो बेला विद्यार्थीहरुले शिक्षा लिन ठुलो र महत्वपूर्ण समय रहेको भएपनि त्रियुगा नगरपालिकाको शिक्षा शाखाले नगर प्रमुखको आड आदेशमा मनोमनी गरेर विद्यार्थीहरुको पठनपाठनमा समस्या पारेकाे उनिहरुको आरोप छ ।  विद्यार्थीहरुले आफ्नो घर पायक ठाउँहरुमा शिक्षा लिनबाट बन्चीत भएकोसमेत आरोप छ । यसलाई तत्काल नसच्चाएको खण्डमा राजनितिक दलहरुले आन्दोलन गर्ने बिज्ञाप्तीमा उल्लेख छ ।

यसैबीच नगरपालिकाका मेयर बसन्त बस्नेतकाे शिक्षकहरु र विद्यालयमा हुने वेथिती राेक्न, नियमित शिक्षाकाे वातावरण बनाउन र शैक्षिक गुणस्तरीयतालाइ ध्यानमा राख्दै अहिलेकाे कदम बढाउन खाेजेकाे भनाइ छ ।