Sunday, August 23News That Matters

गाईघाट–दिक्तेल सडकखण्डमा मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु

७ भदौ, २०८३ । उदयपुर
उदयपुरको त्रियुगा नगरपालिका –१० करमगाछीस्थित गाईघाट–दिक्तेल सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकलचालकको मृत्यु भएको छ ।
प्रदेश नं. ३–०२–०१४ प ०७७५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल चालक त्रियुगा नगरपालिका–१० एलेम्बर मार्गका अन्दाजी ६० वर्षीय सन्तबहादुर राईको मृत्यु भएको हो ।
बरुवा हुँदै गाईघाटतर्फ जाँदै गरेको मोटरसाईकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिदा राई गम्भिर घाइते भएका थिए । उनको दायाँ खुट्टामा गम्भीर चोट लाग्नुका साथै नाकबाट रगत आएको र दुवै हातमा चोट लागेको थियो । उपचारको क्रममा उनको अस्पतालमा मृत्यु भएको सुरक्षास्रोतले जनाएको छ ।
मोटरसाईकल चालक त्रिनपा–१२ का १९ वर्षीय महमत सबिव राइन भने घाइते भएका छन् । उनको नाकबाट रगत आएको तथा दुवै हात, दुवै खुट्टा र निधारमा चोट लागेको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको बताइएको छ ।