
पूर्णपुष्टि,चैत्र २० । श्री नवउदय सामुदायिक वन उपभोक्ता समुहले गाईघाट दिक्तेल सडक क्षेत्रबाट सवारी साधनमा घाँस दाउँरा ल्यायमा वन कानुन अनुसार कार्वाही गर्ने भएको छ । गत शुक्रवार उपभोक्ता समिति साथै विभिन्न सरोकारवाला निकायहरु साथै टोल विकास सस्थका प्रतिनिधिहरुसंग बसेको संयुक्त बैठकबाट यो निर्णय पारित गरिएको हो ।
त्रियुगा नगरपालिका १०–११ बरुवाधारमा अवस्थित श्री नवउदय सामुदायिक वनका उपभोक्ताहरुले आईतवार,मंगलवार र विहीवार गरी हप्तामा तीन घाँस काट्ना पाउँने निर्णय गरेको छ । त्यसतै हप्ताको प्रत्यक शनिवार एक दिन भने दाउँरा दिने भनी निर्णय गरिएको छ ।
