
पूर्णपुष्टि, कार्तिक ९ ।
मेन्स डबल्स ब्याडमिन्टन प्रतियाेगिता गाईघाटमा आज सञ्चालन भएकाे छ । ब्याडमिन्टनप्रेमी समुहले दिपावली तथा छठपर्व शुभकामनासहित प्रतियाेगिता गरेकाे हाे । प्रतियाेगितासंगै पिकनिक आयाेजना गरिएकाे छ ।

ब्याडमिन्टनका सिनियर तथा जुनियर दुबैलाई मिलाएर मैत्रीपूर्ण खेल प्रतियाेगिता गरिएकाे कार्यक्रम संयाेजक बलबहादुर कार्कीले बताउनुभयाे । प्रतियाेगितामा ३२ टिमले भाग लिएकाे अफिसियल रेफ्री दिपक राईले जानकारी दिनुभयाे ।
खेल उद्घाटन त्रियुगा नगरपालिका मेयर वसन्त बस्नेतले गर्नुभयाे ।
मैत्रिपूर्ण खेलका लागि स्थानीय खेलप्रेमी ब्यक्तित्वहरुले ब्यक्तिगतरुपमा सहयाेग गरेका छन् ।
प्रतियाेगिताकाे फाईनल खेल भाेली हुने र पिकनिकसंगै विजयी टिमलाई पुरस्कृत गरिने जनाईएकाे छ ।
कार्यक्रममा उपमेयर महेश्वरी राई, जिल्ला न्यायधिस हरिसचन्द्र ईङनाम, जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ याेगि, सशस्त्र प्रहरी प्रमुख एसपी सराेजसिङ बस्नेत, जिल्ला ब्याडमिन्टन संघ उदयपुर अध्यक्ष किसन राई, निबर्तमान अध्यक्ष राजेश कार्की लगायतकाे उपस्थिति रह्याे।
कार्यक्रममा उदयपुरका अग्रज ब्याडमिन्टन खेलाडी तथा संघका संस्थागत काेषाध्यक्ष कुलचन्द्र श्रेष्ठलाई सम्मान गरिएकाे थियाे ।
