
पूर्णपुष्टि, फागुन १
उदयपुर गाईघाटमा एक पुरुषको शव झुण्डीएको अवस्थामा फेला परेको छ । त्रियुगा नगरपालिका ११ भगवती मन्दिर पछाडी आईतवार अपरान्ह दिउँसो पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ति पुरुष रौतामाई गाउँपालिका ४ पोखरीका ३४ बर्षिय उद्धप राउत रहेको जनाएको छ । उनि टिफर चालक रहेको प्रहरीको भनाई छ । उनको हत्या वा आत्महत्या के हो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

