Tuesday, June 2News That Matters

जनयुद्ध दिवसको अवसरमा माओवादी मजदुर पार्टीले बाँड्यो विद्यार्थीहरुलाई कापि कलम

पूर्णपुष्टि, फागुन १
माओवादी मजदुर पार्टी केन्द्रीय तदर्थ समितिले जनयुद्ध दिवसको अवसरमा सामाजिक काम गरेको छ । करिब ३० बिद्यार्थीहरुलाई कापि र कलम वितरण गर्दै जनयुद्ध दिवस मनाएको हो । गरिब निमुखाहरुलाई शिक्षामा सहजता आवोस भन्दै कापी कलम वितरण गरेर जनयुद्ध दिवस मनाएको पार्टीका केन्द्रीय माहासचिव हिमाल सिंह राईले बताए ।

सोहि दिवसको अवसरमा माहासचिव राईले सहिदहरुको रगतलाई व्यवस्था गरेको समेत आरोप लगाएको छ । हजारौँ गरिब जनताहरु सहिद भएर ल्याएको गणतन्त्रलाई सरकार पक्षले उलंघन गर्दै टुँगोमा पुग्न नदि सहिदको सपना पुरा हुन नदिएको आरोप लगाए ।

उनले अबको हरेक वालवालिकाहरु शिक्षामा आवद्ध भएर दलाल सरकारको विबरुद्धमा उभुनु पर्ने भन्दै शिक्षाको समेत अभावमा खड्की रहेका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको जनाए । त्रियुगा नगरपालिका १० पानीट्याङकीका वस्तीमा गएर करिब ३० घरधुरीका विपन्न विद्यार्थीहरुलाई कापी कलम वितरण गरिएको थियो । कार्यक्रममा माहासचिव राई लगायत प्रवक्ता जगत कुटवाल, उर्मिला राई र प्रदिप फुँयल लगायतका व्यक्तिहरु उपस्थिति रहेका थिए ।