
पूर्णपुष्टि, भदौ ७ गते ।
कैलालीमा छाडा छोडिएको गाईसँग ठोक्किएर सोमबार राति मोटरसाइकल चालकको ज्यान गएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटीको ज्यान गएको हो ।
रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशीले जानकारी दिए ।
डिएसपी जोशीका अनुसार धनगढी–१३ अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र ०१०११प ३८१६ नंको मोटरसाइलले छाडा गाईलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार शर्मिलाको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
