Saturday, June 6News That Matters

भाँडोमा राखिएको पानीमा डुबेर ३ वर्षीयाको मृत्यु

पूर्णपुष्टि, भदौ ७ गते ।
भाँडोमा राखिएको पानीमा डुबेर एक तीन वर्षीया बालिकाको सोलुखुम्बुमा ज्यान गएको छ । जिल्लाको लिखुपिके गाउँपालिका–३ चौलाखर्कमा पानीमा डुबेर लोक बहादुर भुजेलको छोरी सौगातको ज्यान गएको हो ।
आइतबार साँझ घरमा कोही नभएको समयमा आँगनमा राखिएको पानीको भाँडोमा डुबेर बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।