Tuesday, June 30News That Matters

गोर्खा वेलफेयर ट्रष्ट र युकेएडको कोशीपिडित ९४ घर परिवारलाई राहत सहयोग

पूर्णपुष्टि, भदौ ४

बेलका नगरपालिकाका अति प्रभावित कोशी पिडित ९४ घर परिवारलाई राहत वितरण गरिएको छ । हजारौँ बस्ती डुवान र कयौँ जोखिममा रहेका मध्य ९४ घर परिवारलाई भने तत्कालै राहत उपलब्ध गर्नु पर्ने अवस्था अनुसार सर्वेक्षणको आधारमा ९४ घर परिवारलाई राहत उपलब्ध गराईएको बलेका नगरपालिकाले जनाए छ ।यस क्षेत्रमा श्रावण १८ गते बिहान लगभग ४ बजेको समयमा कोशिको भंगालो टप्पुको बस्तिमा पस्दा लगभग १००० घर परिवार प्रत्यक्ष प्रभाबित बनेका छन् भने १५०० घरधुरि जोखिममा रहेको छ।कोशीका कटानका कारण प्रभावित भएकाहरुका लागि बेलका नगरपालिकाले विभिन्न निकाय तथा संघ सस्थाहरु संग सहयोगको लागि अपिल गरेका थिए । सोहि अनुसार विभिन्न दातृ संधस्ंस्था बाट सहयोग गर्ने प्रतिबद्धता अनुसार गोर्खा वेलफेयर ट्रष्ट र युकेएडको संयुक्त सहयोगमा राहत वितरण गरिएको नगर उपप्रमुख जिरा राईले बताउनुभयो । गोर्खा वेलफेयरले प्रभावितक्षेत्रको अनुगमनै गरि तत्काल सहयोग गर्नु पर्ने वडाको बस्तिहरुलाई राहत सामाग्री उपलब्ध गराईएको उपप्रमुख राईले बताउनुभयो । वडाप्रतिनिधि तथा गोर्खा वेलफेयर ट्रस्टका कर्मचारी हरुले घरधुरि सर्बेक्षण समेत गरी अत्यावश्यकहरुलाई राहत उपलब्ध गराउने काम भएको हो । सर्बेक्षणमा बेलका नगरपालिका वडा नं १,२,३,को प्रभाबित बस्तिहरु र आश्रयस्थलमाबसेको हरु गरि जम्मा १९४ घरको सर्बैक्षण गरिएको थियो ।उक्त सर्बैक्षण गरेको घर मध्ये ९४ वटा घरले भने पहिलो चरणको सहयोग प्रप्त गरेको राईले बताउनुभयो। गोर्खा वेलफेयर ट्रष्ट उत्थानशिल खानेपानि सरसफाई तथा बिपत तयारी कार्यक्रमको पुर्वाचल क्षेत्रीय निर्दे्शक गणेश गुरुङले प्रति परिवार १६००० जति रकम सामाग्री उपलब्ध गराईएको जनाउनुभयो । किचन सेट, सेल्टर किड ,डिगिनिटि किड, हाईजेनिक किड र कोभिड बिरुद्धको स्वास्थ्य सामाग्रि जम्मा १५ लाख बराबरको सहयोग भएको हो ।उक्त सामानहरु नगर उपप्रमुख जिरा राईलाई बुझाईएको पनि गुरुङले जानकारी दिनुभयो । वडा नं ३ को वडा अध्यक्ष टंक आचर्यको अध्यक्षतामा कन्तेचौरीमा ३४ परिवार, जनता क्याम्पस र वडा नं २ को अध्यक्ष प्रेम दाहालको अध्यक्षतामा गिदेरि टोफ,धारा खाृेला र आदर्श टोलको ४१ परवारलाई बितरण गरिएको थियो। बिभिन्न राजनितिक दल, समाजसेवी तथा बुद्धिजिवीको रोहवरमा समाग्री बुझाईएको छ ।