
पूर्णपुष्टि, भदौ ४
उदयपुरको गाईघाटमा आयोजित जिल्लाकै पहिलो फुटसल प्रतियोगिताको उपाधी बसाहा युवा क्लबले उचालेको छ । भाद्र३ गते सञ्चालन भएको प्रतियोगितामा बसाहाले मलिथम फटबल क्लबलाई ६–५ ले पराजित गर्दै विजयी भएको हो ।
ड्याडी फटसलले आयोजना गरेको प्रतियोगितामा १६ टीमले सहभागिता जनाएका थिए । विजेता बसाहा युवा क्लबले १५ हजार हात पार्दा उपविजेता मलिथम युवा क्लबले १० हजारमा चित्त बुझायो ।
सेमिफाईनलमा बसाहा युवा क्लबले स्वार्णीय युवा क्लब र मलिथम युवा क्लबले योङ्ग स्टार गाईघाटलाई पराजित गरेको थियो ।
सो प्रतियोगिताकी प्रमुख अतिथी त्रियुगाकी उपमेयर महेश्वरी राईले नगरपालिकाले फुटसल प्रतियोगितालाई सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेकी थिईन् ।
