
पूर्णपुष्टि, जेष्ठ ३१ । ग्लोबल टी २० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दिप लामिछाने र दीपेन्द्रसिंह ऐरी छनोट भएका छन् ।
क्यानडामा हुन लागेको तेस्रो संस्करणको ग्लोबल टी–२० प्रतियोगिताको लागी मंगलबार राति भएको ड्राफ्टमार्फत सन्दीपलाई सुर्रे जाग्वार्स र दीपेन्द्रलाई मोन्टरियल टाइगर्सले अनुबन्ध गरेको हो ।
सन् २०१८ मा पहिलो र सन् २०१९ मा दोस्रो संस्करण आयोजना भएयता प्रतियोगिता संचालन हुनसकेको थिएन । तेस्रो संकरणको प्रतियोगिता आउने जुलाइ २० देखि सुरु हुनेछ । नेपालबाट सोमपाल कामी र सन्दीपले यसअघि नै यो प्रतियोगिता खेलिसकेका छन् भने दीपेन्द्रले पहिलोपल्ट विदेशी फ्रेन्चाइज लिग खेल्न लागेका हुन् । सन्दीपले पहिलो संस्करणमा मोन्टरियल टाइगर्स र दोस्रो संस्करणमा टोरन्टो नेशनल्सबाट खेलेका थिए । सन् २०१९ मा सोमपालले विन्नीपेग हकका लागि खेलेका थिए ।
