
पूर्णपुष्टि, जेष्ठ ३१ । काठमाण्डौँ महानगरपालिकाले दुई वटा स्वास्थ्य संस्थामा ताला लगाएको छ । अनुगमनको क्रममा गैरकानुनी रुपमा सञ्चालनमा रहेको र अस्तव्यत रहेको पाइएपछि ताला बन्दी गरिएको मेयर बालेन शाहले जानकारी दिए ।
महानगरले जेष्ठ ५ गते स्वास्थ्य संस्थाहरुले प्रचलित कानून, मापदण्ड अनुसार असाहय विपन्न सहित लक्षित वर्गहरुलाई कूल शैयाको १० प्रतिशत नि स् शुल्क उपचार गर्नुपर्ने सुचना जारी गरेका थियो ।
सस्तो लोकप्रियताका लागी नभएर कानुनमा भए बमोजिम स्वास्थ्य सेवा सर्वसाधारण एवं लक्षित वर्गको पहुँचमा पुर्याउनका लागी अग्रसर रहेको ‘मेयर साहले फेसबुकमा भनेका छन्’ तालबन्दी गरिएका दुई संस्थाको थप सघन अनुगमनका लागि महानगरको स्वास्थ्य विभागलाई निर्देशन गरिएको छ । उनले सबैको पहुँच स्थापित हुने गरी सुधान नभए महानगर क्षेत्रभित्रका प्रदेश र संघ मातहतका अस्पतालमा पनि हस्तक्षेपकारी कानूनी कारबाही गरिने चेतावनीसमेत दिएका छन् ।
