Wednesday, April 22News That Matters

घरको शिलान्यास गर्ने क्रममा पहिरोले पुरिएर एकको मृत्यु

पूर्णपुष्टि, वैशाख ५ गते ।
घर शिलान्यास गर्ने क्रममा पहिरोले पुरिएर पाँचथरमा एकजनाको ज्यान गएको छ । जिल्लाको फिदिम नगरपालिका–१ बुद्धचोकमा घर शिलान्यास गर्दैगर्दा पहिरो झरेर पुरिँदा गोपाल ढुङ्गानाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएअनुसार आज बिहान घर शिलान्यास गर्दैगर्दा माथिबाट सुख्खा पहिरो खसेको थियो ।
सो क्रममा ढुङ्गाना पुरिएका थिए । स्काभेटरले पहिरो पन्छाएर उद्धार गरेको थियो । गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो ।