Wednesday, April 22News That Matters

धरानबाट खुकुरी प्रहार गर्ने २ पक्राउ, १ अझै फरार

पूर्णपुष्टि, वैशाख ५ गते ।
सुनसरीको धरानमा खुकुरी प्रहार गरी घाइते बनाउने दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । धरान–१३ का २८ वर्षीया जीवन श्रेष्ठ र धरान–१५ मिलन चोक बस्ने १९ वर्षीया आशिष मुजेललाई प्रहरीले पक्राउ गरेको हो ।
गत बैशाख १ र २ गते २ अलग अलग खुकुरी प्रहारका घटनामा संलग्न भएको अभियोगमा निजहरूलाई प्रकाउ गरिएको धरानका इन्स्पेक्टर गजेन्द्र रायमाझीले बताएका छन् ।
जीवनले धरान–१३ कै २७ वर्षका लोकन राईलाई खुकुरी प्रहार गरेका थिए भने आषिशले बसन्त राईलाई खुकुरी प्रहार गरि घाइते बनाएका थिए । प्रहरीले दुई जनालाई ज्यान मार्ने उद्योगमा सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
त्यस्तै, २ गते धरान–१४ का अर्जुन तामाङलाई धरानका धिरेन लिम्बुले तँ बिशाल हो भन्दै दन्तकाली मन्दिर परिसरमा खुकुरी प्रहार गरेका थिए । उनी हालसम्म फरार रहेका छन् ।