
पूर्णपुष्टि, बैशाख ५
स्थानीय तह निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छापिइसकेको निर्बाचन आयोगले जनाएको छ । आयोगले सोमबार नियमित पत्रकार सम्मेलन गर्दै ४६ जिल्लाका लागि मतपत्र तयार भएको जानकारी दिएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका लागि मतपत्र छपाइको काम सकिएको जानकारी दिदै ती जिल्लाका लागि ९५ लाख थान मतपत्र छापिइ सकिएको बताए ।
स्थानीय निर्वाचन को लागि आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाई गरिरहेको छ । सुरुमा दुर्गमका जिल्लाका लागि र पछि सुगमका जिल्लाका लागि मतपत्र छपाईको काम भइरहेको छ । दुर्गमका लागि छापिएका मतपत्र सुरक्षासहित सुरुमा नै ढुवानी गर्नुपर्ने भएकाले सुरुमै छापिएको आयोगले जनाएको हो ।
